९ करोड घुस काण्डमा मेयर बस्नेत दोषी ठहर

काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत ९ करोडभन्दा बढी घुस काण्डमा दोषी ठहर भएका छन्।

विशेष अदालतको अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको संयुक्त इजलासले बस्नेतलाई राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ घुस लिएको ठहर गरेको हो।

यससँगै अदालतले उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा समेत दोषी ठहर गरेको छ।

अदालतका अनुसार बस्नेतले १३ करोड १२ लाख रुपैयाँ ‘सम्पत्ति शुद्धीकरण’मार्फत आर्जन गरेका थिए।

अदालतले उनीमाथि कति वर्षको कैद र जरिवाना तोकिने भन्ने विषयमा असार १६ गते पेसी तोकेको छ।

यस मुद्दामा संलग्न बस्नेतकी श्रीमती उर्मिला बस्नेत भने सफाइ पाउँदै दोषमुक्त भएकी छिन्।