सामान्य प्रशासन मन्त्रीलाई ५१ किलोको मालाले स्वागत

रौतहट । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता लाई ५१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ।

रौतहटको मध्यभाग गरुडा नगरपालिकाको नगरसभा १३ औं अधिवेसनको अवसरमा शुक्रवार प्रमुख अतिथिको रुपमा सहभागी भएका मन्त्री गुप्ता लाई मेयर कन्थमणि प्रसाद जैसवाल, उपमेयर पुनम देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत महमद मुस्ताक आलमले उक्त माला लगाएर स्वागत गरेका हुन्।

नगरसभाको प्रमुख अतिथि द्वारा पानसमा बत्ती बालेर उदघाटन पछि अहिले शुभाकमा मन्तब्य राख्ने काम भईरहेको छ।

कार्यक्रमका बिशिष्ट अतिथि रौतहटका सिडियो बिनोद कुमार खड्का, एमालेका केन्द्रिय सदस्य अजय कुमार गुप्ता, लगायतले सम्बोधन गरिसकेका छन।