६१ किलो सुन प्रकरणमा मुछिएकी कमल पक्राउ

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएर फरार रहेकीअमला रोका पक्राउ परेकी छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

सुन प्रकरणमा जोडिएपछि उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूटन नोटिस जारी भएको थियो । उनी सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता रहेको छ।

राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो । त्यसको १९ दिनपछि थप अनुसन्धानका लागि भन्दै विभागले सीआईबीलाई फाइल बुझाएको थियो ।

उनी माओवादीको रोल्पा-काठमाडौँ सम्पर्क मञ्चकी पूर्वउपाध्यक्षसमेत हुन्।