संसदमा बोल्न नपाएपछि प्रधानमन्त्रीले उल्टै सोधे ‘मज्जा लाग्यो ?’

काठमाडौं । आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्नउत्तरमा भाग लिने कार्यसूची रहेको थियो । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यसको अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तरसम्बन्धी कार्यक्रम कार्यसूचीबाट हटाइदिए ।


आफ्नो बोल्ने कार्यसूची हटेपछि प्रधानमन्त्री ओली संसदबाट बाहिर निस्के । त्यतिबेलै सञ्चारकर्मीले ‘आज संसदमा तपाइँले नै बोल्न पाउनु भएन हैन ?’ भन्दै प्रश्न गरेका थिए । जवाफमा ओलीले हलबाहिर रहेका सञ्चारकर्मीलाई उल्टै प्रश्न गरे – ‘मज्जा लाग्यो ?’