अनियमितता प्रकरणमा गाउँपालिका प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं । योजना र ठेक्का प्रक्रियामा अनियमितता गरेको अभियोगमा पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बिहान प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव गरेको हो ।
श्रीवास्तवमाथि पोखरिया र बहुदरमाई नगरपालिकामा विभिन्न योजना र ठेक्का प्रक्रियामा अनियमितता गरी गैरकानूनी लाभ लिएको आरोप छ ।

आयोगले अनुसन्धानका क्रममा श्रीवास्तवले आफ्नो पदको दुरुपयोग गरी व्यक्तिगत फाइदाका लागि रकम मागेको र लिएको ठोस प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ । उनीविरुद्ध आवश्यक अनुसन्धान गरी कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाएको अख्तियारले जनाएको छ ।