५८ वर्षीय महिला बलात्कृत

सुर्खेत । ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडा बस्ने ५० वर्षीय राम चन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको छ।

राम चन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।