दार्चुला । जिल्लाको महाकाली नगरपालिका–६ मा ढुङ्गा लागेर गम्भीर घाइते प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ।
आज बिहान ‘निसिलको थागिल’ भन्ने स्थानमा खर काट्न गएका बेला उनको टाउकोमा ढुंगा खसेको थियो । गम्भीर घाइते पालको उपचारको क्रममा निधन भएको हो ।
स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पु¥याए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।
पाल केही दिनअगाडि मात्रै बिदामा घर आएका थिए।
प्रतिक्रिया