हैदाराबाद । ऋषभ शेट्टीको फिल्म ‘कान्ताराः च्याप्टर १’ को सेटमा अर्को ठूलो दुर्घटना भएको छ ।
मिमिक्री कलाकार तथा अभिनेता कलाभवन निजुको हृदयघातका कारण निधन भएको हो । फिल्मको सुटिङका क्रममा यो दुखद घटना घटेपछि सेटमा शोक र सन्नाटा छाएको थियो ।
अर्का मिमिक्री कलाकार कन्नन सागरले कलाभवन निजुको निधन भएको पुष्टि गरेका छन् । उनका अनुसार बिहीबार राति १०ः३० बजे ह्वाट्सएप ग्रुपमा यसबारे जानकारी पाएको बताए । हिन्दुस्तान टाइम्सका अनुसार बिहीबार राति बेंगलुरुमा कलाभवन निजुको निधन भएको हो ।
जहाँ उनी ‘कान्ताराः च्याप्टर १’ को सुटिङमा रहेका थिए । ४३ वर्षीया निजुले छाती दुखेको गुनासो गरेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । निजु हालै फिल्म मार्कोमा देखिएका थिए ।
तपाईलाई भनौं, कान्ताराः२ को सेटमा दुर्घटना भएको यो पहिलो पटक भने होइन, यसअघि पनि मे ६ मा पनि फिल्म कान्तारा २ का जुनियर कलाकार एमएफ कपिलको नदीमा डुबेर मृत्यु भएको थियो । पछि उनको शव नदीमा तैरिरहेको अवस्थामा फेला परेको थियो । कान्तारा–२ को सुटिङका क्रममा लंच ब्रेकमा पौडी खेल्न गएका कपिलको करेन्ट लागेर मृत्यु भएको बताइएको छ । यो खबर बाहिरिए लगत्तै चलचित्र महासंघले निर्माता र घटनालाई कडा कारबाही गर्न माग गरेको छ ।
यसबाहेक केही समयअघि छायांकन स्थलबाट फर्किएका जुनियर कलाकार बोकेको बस पल्टिदा कान्तराको सेटमा पनि भारी हावाहुरी र वर्षाले क्षति पुगेको थियो ।
कान्तारा २, कान्तारा श्रृंखला को दोस्रो भाग हो। कान्ताराको पहिलो भाग सन् २०२२ मा रिलिज भएको थियो र यसले बक्स अफिसमा ठूलो कमाई गरेको थियो र कान्तारा २ यस शृङ्खलाको प्रिक्वेल हो।
प्रतिक्रिया