काठमाडौं । समिप त्रिपाठी नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघको केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।
संघको सचिवालय बैठकले हालै त्रिपाठीलाई केन्द्रीय सदस्यको जिम्मेवारी सुम्पिएको हो।
त्रिपाठी लामो समयदेखि युवा नेतृत्व तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले निकट युवा संगठनमा विभिन्न तहमा रहेर काम गरिसकेका छन्। संगठनमा रहँदा उनले नेतृत्व क्षमता, अनुशासन तथा सामाजिक उत्तरदायित्वको अभ्यास गर्दै आएका थिए।
केही समयअघि सम्पन्न अखिल नेपाल युवा संघको महाधिवेशनमा त्रिपाठी निर्वाचन आयोग उपाध्यक्ष पदका उम्मेदवार समेत बनेका थिए।
युवामाझ लोकप्रिय छवि बनाएका त्रिपाठीको मनोनयनलाई मार्शल आर्ट्स र युवा नेतृत्वको समागमका रूपमा समेत हेरिएको छ।
नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघले लामो समयदेखि शारीरिक सशक्तिकरण, आत्मरक्षा र अनुशासनमा आधारित तालिममार्फत युवाहरूमाझ सकारात्मक ऊर्जा फैलाउँदै आएको छ।
संघका पदाधिकारीहरूका अनुसार त्रिपाठीको मनोनयनले संघको गतिविधिमा थप सशक्तता र विस्तार ल्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया