बरिष्ठ पत्रकार चालिसको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन शुक्रबार बिहान निधन भएको छ । 

गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादकसमेत रहेका चालिसेको ७४ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो । 

प्रेस चौतारीका संस्थापकसमेत रहेका चालिसेको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको हो । उनी केही समयदेखि बिरामी भएर उपचाररत रहेका थिए ।

आमसञ्चार तथा पत्रकारिताको अध्यापन समेत गर्दै आएका चालिसेका आमसञ्चार र  पत्रकारितासहित दर्जनौं साहित्यिक पुस्तकहरू प्रकाशित छन् ।

चालिसेको शुक्रबार नै गोकर्ण घाटमा अन्त्येष्टि गरिने प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए ।