काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता लालबाबु पण्डितलाई पत्नी शोक परेको छ।
लालबाबुकाे पत्नी बिमला महतको गएराति निधन भएको हो।
उपचारको क्रममा आज पत्नीको निधन भएको पण्डितले जानकारी दिए।
उनको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो। नेकपा एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा उनीहरुबीच जनवादी बिहे भएको थियो।
उनी करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्।
प्रतिक्रिया