रोडम्याप न्यूजका पत्रकार नेपोलियन चेपाङलाई प्रदेश सरकारको सम्मान

हेटाैडा । गणतन्त्र दिवस, २०८२ को अवसरमा बागमती प्रदेश सरकारले चेपाङ समुदायका पहिलाे पत्रकार नेपाेलियन चेपाङलाई विकास पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।

हाल राेडम्याप न्युज डटकमसङ्ग आबद्ध चेपाङ विगत २० वर्षदेखि पत्रकारिता पेशामा निरन्तर लागिरहेका चेपाङलाई हेटौंडामा आयोजना भएको गणतन्त्र दिवस समारोहमा नगद २५ हजारसहित सम्मान गरिएको हो ।

प्रदेश प्रमुख दिपक प्रसाद देवकोटा, मुख्यमन्त्री बहादुरसिँह लामा, आन्तरिक मामिलामन्त्री सुरजचन्द्र लामिछानेले चेपाङलाई सम्मान गरेका हुन ।

गाेरखापत्र संस्थानबाट प्रकाशित बहुभाषा पृष्ठमा चेपाङ भाषाकाे पृष्ठ संयाेजक समेत हुन् ।