जापानमा पक्राउ परे सिरियल बलात्कारी, ५० महिला बलात्कार गरी बनाए ३ हजार भिडियो

टोकियो । जापानको टोकियो प्रहरीले गत बिहीबार पुर्व टयाक्सी चालकलाइ पक्राउ गरेको थियो ।

एक महिलालाई निद्राको चक्की खुवाएर र भिडियो रेकर्ड गरेर बलात्कार गरेको आरोपमा ती ५४ वर्षीय पूर्व ट्याक्सी चालकलाई पक्राउ गरे पछि जे कुरा बाहिर आयो, त्यसले चकित बनायो ।

यो गिरफ्तारीले जापानमा महिला सुरक्षा र डिजिटल अपराधको बारेमा गम्भीर चिन्ता बढाएको छ, उनको हर्कत देखेर अहिले जापानमा ठुलो बहससमेत भइरहेको छ।

प्रहरीले उनको साथबाट झण्डै ३ हजार भिडियो र तस्बिर बरामद गरेको छ, जसमा उनले विभिन्न ५० महिलासँग यौन दुराचार गरेको कथित प्रमाण देखिएको छ । यी भिडियोहरू २००८ देखि अहिले सम्मको भनिएको छ, जसले अपराधको लामो अवधि र पूर्व नियोजित योजना देखाएको छ ।

प्रहरीका अनुसार पीडित महिला ट्याक्सी यात्रु हुँदा अभियुक्तले निशाना बनाएका थिए । उसले सुरूमा महिलालाईई केही पिउन दिने, जसमा निद्राको चक्की थियो। पीडित युवती बेहोस भए पछि घरमा लगेर यौन दुव्र्यवहार गर्ने र भिडियो बनाउने गरेको खुलेको हो । यो अपराध शारीरिक मात्र होइन डिजिटल र मानसिक शोषणको गम्भीर मामला हो।

प्रहरीले गरेको अनुसन्धानका क्रममा अभियुक्तको मोबाइल र अन्य डिजिटल उपकरणबाट हजारौं भिडियो र तस्विर फेला परेको थियो । यस फुटेजको मिति २००८ देखि २०२४ सम्म रहेको भेटिएको छ ।

तीमध्ये धेरै महिलाहरू अहिले पहिचान भइरहेका छन्। जापान टाइमको रिपोर्टका अनुसार अभियुक्तको कपालमा लागुऔषधको निशान पनि भेटिएको छ, जसले उनको अपराधको प्रमाणलाई थप बलियो बनाएको छ ।

यस अभियुक्तलाई यसअघि अक्टोबर २०२४ मा एक महिलालाई लागुऔषध खुवाएर ४०,००० येन चोरेको आरोपमा पक्राउ गरिएको थियो। त्यतिबेला उनी केही समयपछि रिहा भएका थिए ।

तर, डिसेम्बर २०२४ मा अर्की महिलासँग आपत्तिजनक व्यवहार गरेको आरोपमा उनलाई फेरि पक्राउ गरियो। अब जनवरी २०२५ मा भएको एक घटनालाई लिएर प्रकाउ परे पछि उनी माथी गम्भिर छानबिन भइरहेको छ।