लुम्बिनी प्रदेशसभामा आजवाट प्रि-बमा छलफल हुने

बुटवल ।  लुम्बिनी प्रदेश सभा बैठक बस्दैँछ । सो बैठकमा आज दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । 

आजको बैठकमा आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तावित “प्रदेश विनियोजन विधेयक, २०८२” का सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघिको बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए, जसको छलफल आजवाट सुरू हुन लागेको हो ।