मकवानपुरमा ब्रेक फेल भएको बसले ठक्कर दिदाँ ३ को मृत्यु

मकवानपुर । ब्रेक फेल भएको गाडीले ठक्कर दिदाँ तीनजनाको मृत्यु भएको छ।

थाहा नगरपालिका–३ मा सडकमा ब्रेक फेल भएको सवारी दुर्घटना हुँदा ३ को मृत्यु तथा ४ जना घाइते हुन पुगेका छन् ।

सोमबार बेलुका बा ३ ख ५९९० नम्बरको यात्रुबाहक बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो दुर्घटनामा ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर, सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको मृत्यु भएको हो । 

सो दुर्घटनामा गम्भीर घाइते भएका एकजनाको ट्रमा सेन्टर, काठमाडौंमा तथा बाँकी अन्यको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार जारी छ । प्रहरीले बस चालक थाहा–५ वसन्तका २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।