काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएकाे अभिव्यक्तिप्रति नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा आयोजित नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते राजधानी काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न नेता–कार्यकतालाई निर्देशन दिएका थिए।
यही विषयमा थापाले भने, ‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नु हुन्छ भन्ने कुरा कल्पना पनि गरिँदैन। त्यसैले यो जे जस्ता कुराहरू बाहिर सुनियो । त्यस्ता कुराहरू बाहिर आइन्दा नदोहोरियोस् ।’
आज पदाधिकारी बैठकपछि बाेल्दै थापाले यस्ताे बताएका हुन् ।
प्रतिक्रिया