बुढानीलकण्ठ नगरपालिकामा “BIN THERE, HACKED THAT! ” हुँदै

काठमाडौं । एनसेल फाउन्डेसनको प्रस्तुतीमा, बुढानीलकण्ठ नगरपालिका र खालीसिसीको संयुक्त आयोजनामा नेपालकै प्रमुख नवप्रवर्तन स्पर्धा “BIN THERE, HACKED THAT!” – #WasteHackathon ” – २०२५ आयोजना हुने भएको छ ।

वातावरणीय समस्यालाई प्रविधिमार्फत समाधान गर्ने उद्देश्यले आयोजना गर्न लागेको यस ह्याकाथनले CODER, सिर्जनशील युवा, जलवायु विचारक र परिवर्तनकामीहरूलाई एकै ठाउँमा ल्याउनेछ ।

यो उच्चस्तरीय ह्याकाथन विश्व वातावरण दिवस (World Environment Day) को अवसर पारेर जेठ २२ गते (June ५, २०२५) बुढानीलकण्ठ नगरपालिका हलमा आयोजना हुने छ । सहभागीहरूले फोहोर व्यवस्थापनका चुनौतीहरूलाई समाधान गर्न प्रविधि–आधारित, सर्कुलर र दिगो उपायहरू विकास गर्नेछन् ।


यसमा भागलिनका लागी आयोजकले आवेदन खुलाएका छन् । आवेदकहरुले ]   https://lnkd.in/ehVUtVZB यस लिङ्क मार्फत २०८२ जेठ १५ गते सम्म आवेदन दिन पाउनेछन् ।

यस ह्याकाथनमार्फत नेपाललाई सफा, डिजिटल र वातावरणमैत्री बनाउने दिशामा ठुलो पाइला चालिने विश्वास लिइएको छ । #BinThereHackedThat लाई केवल एक इभेन्ट नभई राष्ट्रिय अभियानको रुपमा आयोजकले प्रस्तुत गरेको जानकारी रोडम्याप न्युजलाई दिएका छन् ।