सुन चाँदी दुबैको घटयो मुल्य

काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्यमा गिरावट आएको छ ।

शुक्रबार सुन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रूपैयाँ तोकेको थियो ।

उता चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ। जसअनुसार बिहीबार प्रतितोला २ हजार २५ रुपैयाँमा किनेबच भएको चाँदीको मूल्य आज २ हजार ५ रुपैयाँमा खरिदबिक्री गर्न सकिनेछ ।