कराते खेलाडी शेर्पाले चुमिन सगरमाथाको शिखर

काठमाडौं । बौद्ध डोजोका कराते खेलाडीले सगरमाथा शिखर चुमेकी छिन् । 

नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक कुन्जाङत्सोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

सो क्रममा नेपाल कराते महासंघ र नेपाल सितोरियो संघको लोगो अंकित ब्यानर तथा १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठको तस्विर सगरमाथाको चुचुरोमा लगेर शो गरेकी छिन् ।

मन्डेकाजीले आफ्नो फोटो सगरमाथाको चुचुरोमा पुर्याएर हौसला बढाएकोमा कुन्जाङलाई धन्यवाद दिएका छन् ।