काठमाडौं। सुनको मूल्य आज एकैपटक ५ हजार रूपैयाँले बढेको छ ।
जसअनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार हुने जानकारी दिएको थियो ।
साथै, आज फेरी चाँदीको मूल्यमा पनि थोरै बृद्दी भएको छ । आज तोलामा ५० रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य एक हजार ९९० रुपैयाँमा कारोबार हुनेछ ।
प्रतिक्रिया