रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतको प्रहरी गस्ती टोलीले भन्सार छलीको सामान बोकेको २ थान मोटरसाईकल सहित २ जना तस्करलाई पक्राउ गरेको छ।
बरामद मोटरसाईकलको नम्बर र तस्करको नाम न खुलाईएको जिल्ला प्रहरी प्रवक्ता दीपक कुमार रायले बताएका छन्।
भारतीय बजारबाट अवैध रुपमा भित्र्याएको ३ लाख ६७ हजार ७९५ मूल्य बराबरको कपडा, किराना, गुडियाको माला चौपाया लगायत सामान,२ मोटरसाईकल सहित २ जना लाई प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो।
कुल ४ लाख,६७ हजार ७९५ रुपैयाँ मूल्यांकन गरी बरामद सामान २ मोटरसाईकल सहित दुबैजना तस्करलाई आवश्यक कारवाहीको लागि मंगलवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रायद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
प्रतिक्रिया