काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ।
साताको तेस्रो कारोबार दिन मंगलबार आज नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा पुगेर बन्द भएको छ ।
तर, कारोबार रकम भने आज पनि घटेको छ । आज कूल १ करोड ६८ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ७ अर्ब ३१ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार मात्रै भएको छ।
नेप्सेका अनुसार आज २२९ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १५ वटा कम्पनीको मूल्य घटेको छ। एउटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
प्रतिक्रिया