भक्तपुर । प्राचीन स्मारक संरक्षण ऐन अन्तर्गतको कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
भक्तपुर नगरपालिका–५ भेलुखेल बस्ने ३६ वर्षीय विकास देउलालाई प्रहरीले हालै पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंको २०७६ असोज १० गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका–५ भेलुखेलबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।
प्रतिक्रिया