काठमाडाै । अखिल नेपाल महिला संघका अध्यक्ष टुकाभद्र हमालले विचारमा स्पष्टता कायम गर्नु आजकाे आवश्यकता रहेकाे बताएका छन् ।
संघकाे आयाेजनामा काठमाडाैंमा आयाेजित संघीय लाेकतान्त्रिक गणतन्त्र र जबज विषयक विचार गाेष्ठीमा बाेल्दै उनले यस्ताे धारणा राखेकी हुन् ।
उनले अनेमसंघभित्रकै नेतृत्व तहका नेतृहरुमा विचारमा स्खलितता आएकाे भन्दै सबैले राजनीतिक रुपमा स्पष्टटता कायम गर्नुपर्ने बताएकी हुन् ।
पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम जननेता मदन भण्डारी र कुशल संगठक जीवरा आश्रितकाे स्मृतिमा आयाेजना गरिएकाे हाे । कार्यक्रममा बाेल्दै पाेखरेलले स्व. भण्डारीकाे खुलेर प्रसंशा गरे । उनले भणडारीले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने कुरालाई स्थापित गरेकाे स्मरण गरे ।
कार्यक्रमकाे विशेष अतिथि पार्टी स्थायी कमिटी सदस्य तथा अनेम संघ ईन्चार्ज सीता पाैडेल रहेकी थिईन भने, कार्यक्रमकाे संचालन महासंघका महासचिव पेम्वा लामाले गरेकी थिईन ।
प्रतिक्रिया