पिंगलास्थानमा एक पुरुष मृत भेटिए

काठमाडौं । काठमाडौं महानगरपालिका–९ पिंगलास्थानमा एक पुरुष मृत भेटिएका छन् ।

अन्दाजी ३० वर्षका पुरुष आज मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।

मृत भेटिएका पुरुषको सनाखत हुन सकेको छैन । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान अघि बढाएको छ ।