उपेन्द्र यादवले भने, ‘भुमी सबन्धी बिधेयकको बिरोध रहन्छ’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भुमी सबन्धि बिधेयकको बिरोध गर्ने जनाएका छन् ।

केपी ओली सरकारले भुमी सबन्धी अध्यादेश बिरोधका कारण फिर्ता लिए पनि पुनः बिधेयकको रूपमा ल्याउन लागेको भन्दै अध्यक्ष यादवले बिरोध जनाएका हुन् ।

‘भूमी सम्बन्धि अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौं, अहिले फेरि वन र भूमि सक्ने खालका भूमाफियाको स्वार्थ अनुकूल हुनेगरी तिनै प्रावधान राखेर सरकारले  भूमि सम्बन्धी विधेयक ल्याएको छ,’ यादवले भने, ‘सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्छौं।’