काठमाडौं । काठमाडौंको बागबजारमा एक युवतीको बलात्कारपछि हत्या आरोपमा एक जना भारतीय भूपू सैनिकलाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा रामचन्द्र पन्त रहेको प्रहरीले जनाएको छ।गत चैतमा बागबजारको एक गेष्ट हाउसमा एक युवती मृत फेला परेकी थिइन्।
उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ। चैत ११ गते मृत फेला परेकी युवतीको पोष्टमार्टमपछि बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार युवतीसँगै कोठामा रहेका पन्त फरार थिए। उनलाई प्रहरीले पक्राउ गरेकाे हाे।
प्रतिक्रिया