२०८२ बैशाख २९
पनौती / बुद्ध जयन्तीको अवसरमा पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा भब्यताका सम्पन्न भयो ।
‘काभ्रेको लागि केही गरौं’ भन्ने मूल नाराका साथ २०६९ सालमा स्थापना भएको काभ्रे सेवा समाजले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको रुपमा परिचित काभ्रेको पनौतीदेखि गौतमवुद्धले पाईला टेकेकोे नमोवुद्धसम्म पदयात्रा आयोजना गरेको यो दोस्रो पटक हो । पदयात्रा पनौतीबाट सुन्थान–इटे–शंखु–शंखेश्वरी–जंगल हुँदै नमोबुद्घमा पुगेर टुंगिएको थियो । पनौतीदेखि नमोवुद्धसम्म ९.५ किलोमिटर दुरी छ । बागमती प्रदेशको पर्यटन विकास कार्यालय काठमाडौंको मुख्य सहयोग, पनौती, नमोबुद्ध, बनेपा नगरपालिका, उप्रेती समाजसेवा समिति लगायतका स्थानीय तह र संघसंस्थाको सहयोगमा आयोजना गरिएको पदयात्रामा करिब ५ सयको सहभागी रहेको थियो ।
शनिवार पनौती मानेश्वरी बसपार्कमा प्रथम राष्ट्रपति डा. रामवरण यादवले पदयात्रा समुद्धघाटन गर्नु भएको थियो । पनौती सम्पदा क्षेत्र परिक्रमापछि समुद्धघाटन गरिएको पदयात्रामा प्रथम राष्ट्रपति डा. यादवले पनौती र नमोबुद्ध क्षेत्र विश्व सम्पदा सूचीमा सुचिकृत गर्न पहल गर्नुपर्ने बताउनु भयो । पदयात्रालगायतका कार्यक्रमले यी क्षेत्रको पयर्टन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति यादवले विश्वमा शान्ती स्थापना हुने समेत विश्वास व्यक्त गर्नुभयो ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले विश्व सम्पदा सूचीमा सुचिकरणको पहल गर्नुपर्ने तर्क गर्दै ऐतिहासिक शहरको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनु भयो ।
नमोबुद्ध पुगेका पदयात्रीलाई नगर प्रमुख कुनसाङ लामालगायतले स्वागत गर्नु भएको थियो ।
विश्वभर शान्ति र सद्भावको सन्देश फैल्याउदै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्वद्र्धन गर्ने उद्देश्य सहित शान्ति पदयात्रा कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष पुरुषोतम नेपालले जानकारी दिनुभयो । विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउनुका साथै स्थानीय कला, संस्कृतिको प्रवद्र्धनमा सहयोग गर्नुका साथै आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनका लागि पनि महत्वपुर्ण योगदान गर्ने अपेक्षा समाजले गरेको छ ।

प्रतिक्रिया