काठमाडौं । कवाड व्यवसायीमाथि काठमाडौं महानगरपालिकाले चलाएको डोजरबाट हुन गएको क्षतिबारे व्यवसायीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाईजानकारी गराएका छन् ।
कवाड व्यवसायी संघर्ष समितिका संयोजक रामकेवल गुप्ता रौनियार, कवाड व्यवसायी नेता ओमप्रकाश सिंह, मनोहरप्रसाद चौधरी, सुरेश शाह र सरोज श्रेष्ठले मन्त्री गुप्तालाई भेटेर यी विषयमा अवगत गराएका हुन् ।
अध्यक्ष गुप्ताका अनुसार महानगरले विगत १८ महिनादेखि नगरप्रहरी परिचालन गरी कवाड व्यवसायी, संकलक मजदुरमाथि कुटपिट गर्ने, अपहरण गर्ने, कवाड व्यवसायका संरचना भत्काउने, संकलक मजदुरका साइकल र समान जफत गर्ने काम गरिरहेको छ । ‘नगर प्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र संकलकको टाउको फुटेको र अंगभंग भएको छ ।
महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले गरिब जनता गरिखाने वर्गलाई हटाउने खोजेको छ । यो प्रकारको महानगरको गुण्डागर्दी ज्यादतीलाई तत्काल रोक्न लगाई व्यवसायीको जिउधनको रक्षाका लागि मन्त्रीलाई ब्रिफिङ गरेका हौं’, उनले भने । अध्यक्ष गुप्ताका अनुसार ब्रिफिङपछि मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

प्रतिक्रिया