काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले पार्टीका सांसदहरूलाई सरकारले ल्याएको नीति तथा कार्यक्रम सही भएकाले ढुक्क भएर बढ्न निर्देशन दिएका छन् ।
एमाले संसदीय दलको आज बसेकाे बैठकलाई सम्बोधन गर्दै उनले विपक्षीहरूको काम नै विरोध गर्ने भएको बताए ।
उनले भने, ‘विपक्षी भए पनि जे भए पनि विरोध गर्नुपर्छ भन्ने लागेको होला । कुनै एउटा बुँदाको पनि विपक्षले समर्थन गरेको छैन । त्यसैले विपक्षले भनेको कुरामा कुनै सत्यता छ कि भनेर घोत्लिनुपर्ने आवश्यक छैन । उनीहरूले सत्य भए पनि असत्य भए पनि विरोध गर्ने नै हुन्, हामीले असत्य लेखेको छैन । उनीहरूले सत्यको विरोध गर्ने हुन् ।’
प्रधानमन्त्री ओलीले सरकारले सुशासन र सामाजिक न्यायको पक्षलाई प्राथमिकता दिएको जिकिर गरे । संसदमा बोलेको कुरा रेकर्ड रहने भएकाले पार्टीका सांसदहरूलाई सचेत भएर बोल्न निर्देशन दिए ।
उनले नीति तथा कार्यक्रममा पनि अध्ययन गरेर बोल्न निर्देश गरे ।
प्रतिक्रिया