काठमाडाैं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । नेकपा एमालेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो १ बजे बस्न लागेको हो ।
संसदीय दलको बैठकमा राष्ट्रपतिले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुनेछ । यस्तै, दलका तर्फबाट खेल्ने भूमिकाबारेमा समेत छलफल हुने बताइएको छ ।
यस्तै नेपाली कांग्रेसको संसदीय दलको बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्न लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम शुक्रबार संसदमा प्रस्तुत गरेपछि पार्टीको धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि बैठक बोलाइएको जनाइएको छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा सोमबारदेखि संसदमा निरन्तर छलफल हुनेछ ।
प्रतिक्रिया