सुर्खेत । प्रलेस नेपाल कर्णाली प्रदेश, जिल्ला शाखा सुर्खेत र जाजरकोज शाखाको संयुक्त आयोजनामा ’श्रमिक दिवस तथा काव्य गोष्ठी’ सम्पन्न भएकाे छ ।
हिजाे (बिहिबार) कर्णाली प्रदेशको राजधानी रहेको जिल्ला वीरेन्द्रनगरको पिपल चौतारामा सम्मन् भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ डा. दीपक गौतम, रहेका थिए ।
साहित्यकार हरिलाल महतारा, निरञ्जा योगी, झलक साधक, दीपेन्द्र सिंह, मायाराम न्यौपाने, टिका पोख्रेल, खडक थापा, लक्ष्मणदेव गिरी , भिम बहादुर सारु, रन बहादुर तिरुवा, दलबहादुर रोकाय, राजेन्द्र विक्रम सिंह, नरेश्वर अधिकारी लगायत साहित्यकारले आफ्ना सिर्जना सुनाएका थिए ।
कार्यक्रम सञ्चालन देवप्रकाश सिंहले गरेका थिए कार्यक्रमको अध्यक्षता प्लेस कर्णाली प्रदेश अध्यक्ष युद्धविक्रम शाहीले गरेका थिए ।
प्रतिक्रिया