काठमाडौं । अहिले हुने भनिएको नवनियुक्त ऊर्जा राज्यमन्त्रीको शपथ ग्रहण र मन्त्रिपरिषद बैठक स्थगित भएको छ । सपथ ग्रहण र मन्त्रिपरिषद बैठक रोकिएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए ।
सरकारले हिजो नेपाली कांग्रेसका खमबहादुर गर्बुजालाई ऊर्जा राज्यमन्त्री नियुक्त गरेको थियो । आज १० बजे शपथग्रहण भनिएकोमा स्थगनको सूचना आएको हो ।
सोही समयमा बस्ने भनिएको मन्त्रिपरिषद वैठक पनि अर्को सूचना नआउञ्जेलका लागि स्थगित भएको सिलवालले बताए । स्थगनको कारण खुलाइएको छैन ।
प्रतिक्रिया