काठमाडौं । आफ्नो कार्यकालको पहिलो १०० दिनमा अमेरिकन राष्ट्रपति ट्रम्पले मिसिगन राज्यमा पुगेर आफ्नो सरकारको प्रगतिका बारेमा कुराकानी गरेका छन् ।
आफ्नो दोस्रो कार्याकालको १०० औं दिनको अवसरमा मन्तब्य दिनु अघि उनले क्यानडाका प्रधानमन्त्री कार्नी र अमेजनका मालिका जोसेफसँग टेलिफोन बार्ता गरेका थिए ।
यस सय दिनको अबधीमा ट्रम्पले ३३ सार्वजनिक अन्तराष्ट्रिय नेताहरूसँग टेलिफोन बार्ता गरेका थिए भने विदेशी नेताहरूसँग १७ वटा बैठकहरू सम्पन्न गरेका छन् ।
राष्ट्रपति ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग दुई–दुई पटक टेलिफोन वार्ता गरेका छन् । साथै, यस बिचमा ट्रम्पले जेलेन्स्कीसँग व्यक्तिगत रूपमा दुई पटक भेटेका छन्, एक पटक अत्यधिक विवादास्पद ह्वाइट हाउस बैठकमा जुन महत्त्वपूर्ण खनिज सम्झौता बिना समाप्त भएको थियो भने दोस्रो भ्याटिकन सिटीको सेन्ट पिटर बासिलिका भित्र पोप फ्रान्सिसको अन्त्येष्टिमा उनीहरूको भेट भएको थियो ।
ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारर, मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउम र तत्कालीन क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग सबैभन्दा धेरै द्विपक्षीय कलहरू कम्तिमा पनि तीन तीन पटक गरेका थिए, त्यो पनि मुख्यतयाः टयारिफ प्रकरणमा केन्द्रित भएर ।
ट्रम्पको १०० औं दिनको कार्याकालमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग दुई पटक फोन गरे भने विदेशी नेताको सबालमा ट्रम्पको पहिलो फोन साउदी युवराज मोहम्मद बिन सलमानसँग भएको थियो।
विदेशी नेताहरूसँग ट्रम्पको १७ बैठकहरू सम्पन्न भएका छन । पहिलो कार्यकालको पहिलो १०० औं दिनहरूमा व्हाइट हाउसमा आयोजित दर्जन भन्दा भेट भएका छन् । पुनः राष्ट्रपतिमा निर्वाचित भए पछि पहिलो विदेशी नेताको रूपमा ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग हवाइट हाउसमा भेटबार्ता गरेका थिए ।
यस्तो छ उनको भेटबार्ताको लिस्टः
फेब्रुअरी ४ः इजरायलका प्रधानमन्त्री नेतन्याहूसँग ह्वाइट हाउसमा।
फेब्रुअरी ७ः जापानका प्रधानमन्त्री शिगेरु इसिबासँग हवाइट हाउसमा।
फेब्रुअरी ११ः जोर्डनका राजा अदबुल्लाह द्वितीयसँग ह्वाइट हाउसमा।
फेब्रुअरी १३ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग ह्वाइट हाउसमा।
फेब्रुअरी २२ः कन्जरभेटिभ पोलिटिकल एक्शन कन्फरेन्समा अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीसँग।
फेब्रुअरी २२ः कन्जरभेटिभ पोलिटिकल एक्शन कन्फरेन्समा पोल्याण्डका राष्ट्रपति एन्ड्रिज डुडलसँग
फेब्रुअरी २४ः फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन ह्वाइट हाउसमा।
फेब्रुअरी २७ः युनाइटेड किंगडमका प्रधानमन्त्री स्टारमरसँग ह्वाइट हाउसमा
फेब्रुअरी २८ः युक्रेनी राष्ट्रपति भ्लादिमर जेलेन्स्कीसँग ह्वाइट हाउसमा।
मार्च १२ः आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिनसँग हवाइट हाउसमा ।
मार्च १३ः नाटोका महासचिव मार्क रुटे ह्वाइट हाउसमा।
मार्च १८ः संयुक्त अरब इमिरेट्सका राष्ट्रिय सुरक्षा सल्लाहकार ताहनून बिन जायद अल नाह्यान ह्वाइट हाउसमा।
मार्च २९ः फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टब ट्रम्प अन्तर्राष्ट्रिय गोल्फ क्लब वेस्ट पाम बीचमा।
अप्रिल ७ः इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग ह्वाइट हाउसमा।
अप्रिल १४ः एल साल्भाडोरका राष्ट्रपति नायब बुकेसँग हवाइट हाउसमा
अप्रिल १७ः इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँग हवाइट हाउसमा।
अप्रिल २६ः युक्रेनका राष्ट्रपति सेन्ट पिटर्स बासिलिका भित्र जेलेन्स्कीसँग भ्याटिकन सिटीमा
प्रतिक्रिया