काठमाडाैं ।निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरूमाथि बल प्रयोग गरेकाे छ ।
सधैँ झैँ माइतीघरबाट भेला भएर आएका शिक्षकहरू बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेका थिए । सो क्रममा प्रहरीले पछाडि हट्न अनुरो गर्दै पानीको फोहरा हानेको छ । प्रहरीले बल प्रयाेग गरेपछि शिक्षकहरु आत्मसुरक्षाका लागि भागाभाग चलेकाे छ । उनीहरु आफू सुरक्षित रहेकाे भन्दै साथीहरुलाई पनि सुरक्षित रहन आग्रह गरिरहेका छन् ।
शिक्षा ऐनलाई बटमलाइन बनाएर शिक्षकहरूको आन्दोलनको आज २६औं दिन हो ।
प्रतिक्रिया