बिहानै डाेल्पामा भुकम्पले हल्लायाे

डाेल्पा । डोल्पा केन्द्रबिन्दु भएर आज बिहानै भूकम्प गएको छ ।

डोल्पाको कान्जिरोबा केन्द्रबिन्दु भएर आइतबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए ।

गएको शुक्रबार पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।