एनएसएलकाे उपाधी ललितपुरलाई

काठमाडाैं ।ललितपुर सिटी फुटबल क्लवले दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन जितेको छ ।

    एनएसएलको तेस्रो संस्करणको आज भएको फाइनल खेलमा पोखरा थन्डर्स फुटबल क्लवलाई २-१ गोलले पराजित गर्दै ललितपुरले उपाधि हात पारेको हो ।

    दशरथ रंशगालामा भएको खेलमा लिगदेखि अपराजित ललितपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराले एक गोल फर्काए पनि खेलको ७४ औं मिनेटमा दोस्रो गोल गर्दै ललितपुरले जीत सुनिश्चित गर्‍यो ।

    ललितपुरका लागि खेलको ४२औं मिनेटमा इमोह इजेकेलले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । खेलको ६३औं मिनेटमा पोखराका सुदील राईले गोल गर्दै टोलीलाई बराबरी गोल फर्काएका थिए । खेलको ७४औं मिनेटमा पापा इबोउ केबेले गोल गर्दै ललितपुरलाई उपाधि दिलाए ।

    दाेस्राे पटक विजेता बनेकाे ललितपुरले ८० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेता पाेखराले भने ३० लाख रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाउनेछ ।