काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिहरुबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहान ८ः ५ बजेदेखि बैठक सुरु भएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तकाे उपस्थितिमा वार्ता सुरु भएकाे मन्त्रालयले बताएकाे छ ।
वार्तामा सरकारकाे तर्फबाट मन्त्री पन्त र मन्त्रालयका शिक्षा सचिव दिपक काफ्ले छन् भने आन्दोलनरत नेपाल शिक्षक महासंघकाे तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदी, सह अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली , महासचिव मदनराज जोशी, महासचिव तुला बहादुर थापा, लगायत २५ जना सहभागी छन् ।
मन्त्रालयले हिजो आन्दाेलनरत शिक्षक महासंघलाई वार्तामा आउनको लागि आव्हान गरेको थियो ।
प्रतिक्रिया