ओली र मोदीबीच टेलिफोन वार्ता: आतंकवादविरुद्ध हामी एकै ठाउँमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ ।

टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै जघन्य कार्यविरुद्ध भारतसँग नेपालको दृढ ऐक्यबद्धता रहेको दोहोर्‍याएँ ।

“प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग कुरा गरेँ र पहलगाममा आतंकवादी आक्रमणमा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेँ । यस्ता जघन्य कार्यविरुद्ध भारतसँग नेपालको दृढ ऐक्यबद्धता रहेको दोहोर्‍याएँ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

भारतको जम्मू–कश्मीरको पहलगाममा मंगलबार आतंकवादी आक्रमण गरेपछि दुई देशका प्रधानमन्त्रीबीचा टेलिफोन वार्ता भएको हो । उक्त घटनामा एकजना नेपालीसहित २६ जना मारिएका छन् ।

“नेपाली नागरिकको मृत्युमा समवेदना व्यक्त गरेकोमा आभारी छु,” प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई भनेका छन् ।