अखिल नेपाल महिला संघले युवा महिलाहरुको भेला गर्दै

काठमाडौं । अखिल नेपाल महिला संघले युवा महिलाहरुको भेला गर्ने भएको छ । महिलाहरुलाई राज्यका हरेक क्षेत्रमा सम्मानजनक उपस्थितिका लागि दबाब दिने उद्येश्यले उक्त भेला गर्न लागिएको हो ।

महिला संघले युवाको सहभागिता बढाउने उद्देश्यले कमिटीमा युवा महिलाको लागि ३० प्रतिशत स्थानीति पारित समेत गरेको छ । जुन नीति पश्चात अनेमसंघ केन्द्रीय कमिटी गठन गरी प्रदेश जिल्ला तथा पालिकामा फलस्वरूप अहिले महिला सहभागिता बडेको बताउँदै राष्ट्रनिर्माणमा महिला युवाको उच्च सहभागिता गराउने गरी सम्मेलन गर्न लागिएको हो ।


युवा उमेर व्यक्तित्व निर्माणदेखि राष्ट्र निर्माणमा महत्वपूर्ण हुने् हुँदा यसमा युवा महिलाहरुलाई परिचालन गर्नका लागि महिला संघले भूमिका समेत निर्वाह गरिरहेको छ । महिला संघको पाँच सय युवा महिलाहरुको सहभागितामा राष्ट्रिय युवा महिला भेला गर्ने समेत भएको छ । पछिल्लो समयमा युवा महिलाहरुको राजनीतिमा अत्यधिक चासो बढेको देखिएकोले कार्यक्रममा सात प्रदेश ७७ वटै जिल्ला कमिटीबाट ३३ जनाको पतिनिधित्व हुनेगरी सहभागीता गराउने तयारी समेत संघले गरेको छ । यसैगरी युवा महिलासँग सातवटा विषयमा समुहगत छलफल हुनेछ भने मेलाको अन्तमा अनेमसंघ केन्द्रीय युवा कमिटी निर्माण हुनेछ ।


कार्यक्रममा उत्पादन उद्यमशिलता र रोजगारीमा महिलाहरुको अवस्था र सम्भावना, युवा महिलाको नेतृत्व, सशक्तिकरणका अभ्यास र भावी रणनीति,प्रगतिशिल संस्कृति, सामाजिक रुपान्तरण र युवा महिला, राजनीतिक दल तथा जन संगठनमा युवा महिला नेतृत्व र लैंगिक समानताको सवाल,राज्यका युवा महिला केन्द्रीत वर्तमान नीति कार्यक्रम र प्रभावकारीता,जलवायु परिवर्तन, आप्रवासन र सेवा अतत्वले युवा महिलामा पारेको प्रभाव र अनुकुलनको अभ्यास, प्रविधीको विकासले युवा महिलामा पारेको प्रभाव, सम्भावना र चुनौती लगायत विषयमा छलफल हुने केन्द्रीय युवा कमिटीका संयोजक विन्दु अधिकारीले जानकारी गराए ।