सुनकाे मूल्य फेरि बढ्याे

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी राखेको छ । एकैदिन ६ हजार ९ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।

    सोमबार तोलामा एक लाख९१ हजारमा कारोबार भएको सुन आज प्रतिलोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।