काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको मन्त्रीको सचिवालयले जनाएको छ
उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । मन्त्रीले राजीनामा दिएको उनका प्रेस सल्लाहकार रामजी लम्सालले पुष्टि गरे । शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यहीबेला उनको राजीनामा आएको छ ।
संभवतः आजै बस्ने मन्त्रिपरिषद् बैठकबाट उनको राजीनामा स्वीकृत हुनेछ ।
शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।
प्रतिक्रिया