ठगी मुद्दामा जनमत पार्टीका काेषाध्यक्ष पक्राउ

काठमाडाैं । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ परेका छन् । उनलाई प्रहरीले सप्तरीको राजविराजबाट पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए ।

ललितपुर प्रहरीमा उनीबिरुद्ध ठगी र आपराधिक विश्वासघातबिरुद्धको जाहेरी दर्ता भएको छ । उनलाई अनुसन्धानका लागि ललितपुर पठाइने एसपी खतिवडाले जानकारी दिए । उनलाई अनुसन्धानका लागि ललितपुर पठाइने डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । यादवले आफ्नै साथीसँग विभिन्न प्रकारको लोभ देखाइ पैसा ठगी र विश्वासघात गरेको जनाइएको छ ।