काठमाडौं । नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन् ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो ।
पार्टी सभापति शेरबहादुर देउवा उपचााारका लागि थाइल्याण्ड जानेभएपछि उनी नफर्कुन्जेलसम्मका लागि खड्कालाई कार्यबाहक सभापतिकाे जिम्मेवारी दिईएकाे हाे ।
प्रतिक्रिया