काठमाडाैं ।अध्यक्ष सहित नेताहरु पक्राउपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आकस्मिक बैठक बाेलाएकाे छ । पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको अनौपचारिक वैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
बैठकमा आजको जनप्रदर्शनको समिक्षा र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । आज सिंहदरबारभित्रै प्रदर्शन गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।उनीहरुलाई प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।
प्रतिक्रिया