काठमाडौ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम गरिएको छ ।
आज यूरोपियन युरो एकको खरिदमूल्य १५४ रूपैयाँ ९३ पैसा र बिक्रीमूल्य १५५ रूपैयाँ ६१ पैसा तोकिएको छ ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १८० रूपैयाँ ४० पैसा र बिक्रीदर १८१ रूपैयाँ १९ कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ७२ पैसा र बिक्रीदर ८७ रूपैयाँ १० पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ १५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५८ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ५६ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ६१ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६६ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ३९ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार ३० रूपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०६ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ५८ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ५४ पैसा र बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ६० पैसा र बिक्रीदर ३६३ रूपैयाँ १९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया