एउटा शर्मिलामाथि अर्की शर्मिलाको रेन्चु प्रहार

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि अर्की शर्मिला श्रेष्ठ राईले रेन्चु प्रहार गरेकी छिन् । हिजो राति उनकै सहकर्मी शर्मिलाले काँडाघारीमा उनलाई रेन्चु प्रहार गरेकी हुन् ।

राम मन्दिर नजिकै पहेँलो पुलमा रेन्चु प्रहारबाट वाइबा सामान्य घाइते भएकी छन् । वाइबा हाल बौद्ध स्थित स्तुपा अस्पतालमा चिकित्सकहरूको अव्जरभेसनमा छिन् । उनीहरू पहिले सँगै बस्ने गरेको पाइएको छ । लेनदेनको विषयमा विवाद हुँदा रेन्चुले प्रहार गरेर श्रेष्ठ फरार भएकी थिइन् ।