झापा ।१७ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-२ घर भएका २४ वर्षीय दिलबर खानलाई हिजाे राति प्रहरीले पक्राउ गरेको छ ।
खानले ती बालिकालाई मेचीनगर नगरपालिका-९ संगम चोकस्थित साईकिर्पा कपी उद्योगमा शनिबार राति जबरजस्ती बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।
प्रतिक्रिया