विराटनगर । हिजाे नयाँ वर्षकै दिन सुनसरीको देवानगञ्जमा भएको गोली काण्डमा संलग्न आरोपमा दुई सन्दिग्ध पक्राउ परेका छन् ।अझै ३ जना फरार रहेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा गोली लागेर देवानगञ्ज गाउँपालिका-७ का २१ वर्षीय शिवकुमार मेहता र रविनकुमार यादव घाइते भएका थिए । पेटमा गोली लागेका शिवकुमारको अवस्था गम्भीर छ । उनको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घटनामा सन्दिग्ध मानिएका देवानगञ्ज-१ का २७ वर्षीय रविनकुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादवलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिमल्सिनाले देवानगञ्जमा गोली चलाउने घटनामा ५ जनाको संलग्नता रहेको पाइएको बताए । ३ राउण्ड गोली चलेको प्रहरीको अनुसन्धानमा देखाएकाे छ ।
प्रहरी स्रोतका अनुसार गोली चलाउने व्यक्ति कामेश्वर यादव रहेको र उनी हालसम्म फरार रहेका छन् । प्रारम्भिक अनुसन्धानबाट घटना आर्थिक लेनदेनकाे कारणले भएकाे देखिन्छ ।
प्रतिक्रिया