काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेले कम्युनिष्ट पार्टी स्थापनाको ७६ औं वर्षगाँठ भब्यरुपमा मनाउने निर्णय गरेकाे छ। आज बसेको पार्टी सचिवालय बैठकले वैशाख ९ गते स्थापना दिवस मनाउने र ७ जना नेताहरुलाई कम्युनिष्ट योद्धाका रुपमा सम्मान गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जनाकारी गराए ।
उपमहासचिव ज्ञवालीले बैठकको निर्णयबारे जानकारी दिँदै भने, ‘यस पटकको पार्टी स्थापना दिवसमा विगत वर्षमाझैं कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिने विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्ने निर्णय गरेका छौं।’
ज्ञवालीका अनुसार लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) लाई सम्मानित गरिनेछ । त्यस्तै पुरा कम्युनिष्ट नेताहरुको स्मरण पुस्तक समेत सार्वजनिक गरिने ज्ञवालीले जानकारी दिए।
प्रतिक्रिया